नेकपा केन्द्रिय सदस्य मल्लले पार्टि छोडे

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष सुदिप मल्लले राजिनामा दिएका छन् ।

 

आज विहान सामाजिक सञ्जाल (फेसबुक) मार्फत राजिनामा दिएको घोषणा गरेका छन् । राजिनामा दिदै भनेका छन् ‘‘आजैका मितिदेखि नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समिति सदस्य तथा राष्ट्रिय युवा जनस्वयम्सेवकको अध्यक्ष लगाएत सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गर्दछु । दुनियाँ बदल्ने महान् जिम्मेवारी र यात्रा भने अबिराम रहने छ ।’’

ऐतिहाँसिक सुर्खेत जेलबे्रकका कमाण्डर तथा जनयुद्धकालमा जनमुक्ति सेनाका ब्रिगेड कमिश्नार समेत रहेका मल्लको यो राजिनामाले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिमा निक्कै हलचल ल्याउने देखिएको छ ।

 

विशेषगरी राजधानीमा हुने विप्लवका विभिन्न जनपक्षिय क्रियाकलाप तथा बेथिती नियन्त्रण गर्ने कार्यको नेतृत्व समेत गरेका मल्लको धेरै अर्थ लगाइए पनि पछिल्लो समय विप्लवको पार्टिमा आएको नैराश्यता नै प्रमुख कारण मानिएको छ । र यो राजिनामालाई वाम एकतामा जोड दिन खोजिएको भन्ने अर्थ समेत लागाइएको छ ।