एसईईकाे नतिजा हेर्ने तरीका यस्तो छ

एसइईको नतिजा यसरी हेर्न सकिन

काठमाडौँ, असार ९ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिवार प्रकाशित गर्न लागेको छ ।
गतवर्षको एसईईपरीक्षामा ७७ वटै जिल्लाका १ हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७४ को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । बैठकले निर्णय गरेपछि पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड रहेको छ । केही बेरमा नतिजा प्रकाशन हुने भएपछि बोर्ड कार्यालय परिसरमा चहलपहल बढेको छ । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।
नतिजा प्रकाशित भइसकेपछि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ ।आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ।
एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.npमा हेर्न सकिन्छ।
यस्तै नतिजा प्रकाशित भए पश्चात नेपाल टेलिकमको वेबसाइट see.ntc.net.npर एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ।