कसको खेल कहिले नकआउट’ चरणमको को सँग काे प्रतिस्पर्धी ?

काठमाडौँ, असार १५ । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितामा शनिबारबाट नकआउट चरणको खेल सुरु हुँदैछ ।  समुह चरणको खेल बिहीबार रातीबाट सकिएसंगै नकआउट चरणको समिकरण पुरा भएको हो ।

३२ देश सम्मिलित विश्वकपको समूह चरणमा ४८ खेलहरु भए । समुह चरणको खेलबाट १६ टोली  नकआउट चरणमा पुग्दा १६ देश घर फर्किएका छन् ।  नकआउट समीकरण पूरा भएसँगै उपाधि दावेदार टोलीहरुबीचको वास्तविक भिडन्त सुरु हुँदैछ । अबका हरेक खेलहरु हरेक टोलीका लागि जित्नैपर्ने हुन्छ ।

समुह चरणका खेलहरुमा देखिएका केहि त्यस्ता नाटकीय मोडहरुले फुटबलका महारथीहरुलाई समेत नकआउट चरण नपुग्दै घर फर्काइदिएको छ ।

यसपालीको विश्वकपमा साविक विजेता जर्मनी समुह चरणबाटै घर फर्किन बाध्य भयो भने अफ्रिका महादेशबाट कुनै पनि देश नकआउट चरणमा पुग्न सकेनन् । एसियाबाट जापानले मात्रै समुह चरण पार गरेको छ ।

नकआउट चरणमा कसको खेल कहिले ? प्रतिस्पर्धी को ?
शनिबार (असार १६)
फ्रान्स विरूद्ध अर्जेन्टिना (बेलुका पौने ८ बजे)
उरुग्वे विरूद्ध पोर्चुगल (राति पौने १२ बजे)
आइतबार (असार १७)
स्पेन विरूद्ध रुस (बेलुका पौने ८ बजे)
क्रोएसिया विरूद्ध डेनमार्क (राति पौने १२ बजे)
सोमबार (असार १८)
ब्राजिल विरूद्ध मेक्सिको (बेलुका पौने ८ बजे)
बेल्जियम विरूद्ध जापान (राति पौने १२ बजे)
मंगलबार (असार १९)
स्वीडेन विरूद्ध स्वीट्जरल्याण्ड (बेलुका पौने ८ बजे)

कोलम्बिया विरूद्ध इंग्ल्याण्ड (राति पौने १२ बजे)
समुह चरणबाट बाहिरिएका देशहरु  

साउदी अरेबिया र इजिप्ट- समूह ए
माेरक्काे  र इरान – समूह बी
पेरु र अस्ट्रेलिया- समूह सी
नाइजेरिया र अाइसल्याण्ड- समूह डी
सर्बिया र क्रोएसिया- समूह ई
दक्षिण कोरिया र जर्मनी- समूह एफ
ट्युनिसिया र पानामा- समूह जी
सेनेगल र पोल्याण्ड- समूह एच