प्रधानमन्त्री ओली अचानक गृहजिल्ला झापा किन पुगे

 

काठमाडौं, भदौ ६ । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । प्रधानमन्त्री भएपछि उनी दोस्रोपटक झापा पुगेका हुन् ।

 

उनले बुधबार गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओली बुधबार अपराह्न नै काठमाडौँ फर्कने कार्यक्रम छ ।

 

उनलाई बुधबार कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले जानकारी दिए । प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्ने भएका छन् ।