कञ्चनपुरको भीमदत्तनगरमा आठ घण्टे कर्फ्यू आदेश जारी

 

कञ्चनपुर, भदौ १२ । कञ्चनपुरको भीमदत्तनगरमा मंगलवार राति ८ बजेदेखि बुधवार बिहान ४ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला शुरक्षा समितिको बैठकले रातीका बेला कर्फ्यू लगाउने निर्णय गरेको हो । शुरक्षाको स्थीतिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी उदयराज जोशीले बताए ।

 

तेह्र बर्षिय निर्मला पन्तका हत्यारा पत्ता लगाउनका लागि दवाव दिन भीमदत्तनगमा प्रदर्शन उग्र बनि १४ बर्षिय किसोर शनी खुनाको प्रहरीको गोली लागि मृत्यु भएपछि स्थीति तनावपूर्ण बनेपछि कर्फ्यू लगाईदै आएको छ । पाँच दिन देखि भीमदत्तनगरमा कर्फ्यू आदेश जारी राख्ने र खुकुलो पार्ने कार्य हुदै आएको छ । सोमवार देखि भीमदत्तनगर सहित कञ्चनपुरको जनजीवन सामान्य बन्दै गएको छ ।

 

सोमवार समेत साँझ ६ बजे देखि विहान ५ बजे सम्म कर्फ्यू आदेश जारी गरिएको थियो । स्थीति सामान्य बन्दै गएपछि मंगलवार दिनभर कफ्र्यु हटाईएको थियो । बुधवार सुरक्षाको अबस्थालाई विश्लेषण गर्दै कर्फ्यू आदेश जारी गरिने सूचना अधिकारी जोशीले बताए ।