हङकङविरुद्ध नेपालको ब्याटिङ धरासायी, सातौँ विकेटको रुपमा सोमपाल आउट

काठमाडौं, भदौ १९ ।  एशिया कप छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा नेपालको ब्याटिङ लाईन धरासायी बनेको छ । नेपालका मुख्य ब्याट्सम्यान सस्तैमा आउट भएका छन् ।

 

सोमपाल कामी सातौ विकेटको रुपमा बोल्ड भएका छन् । नादिन इशान खानले उनलाई बोल्ड गरेका छन् । यसअघि सागर पुन ७ र दिपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट भएका थिए ।

 

चौथो विकेटको रुपमा नेपालले ज्ञानेन्द्र मल्ल १२ रनमा गुमाएको थियो । उनलाई तनविर अफजलले आउट गराएका थिए । तेस्रो विकेटको रुपमा अनिल कुमार शाह १५ रन बनाएर आउट भए । यसअघि सुवास खकुरेल शुन्य र कप्तान पारस खड्का १४ रनमा पेविलियन फर्किएका थिए ।