बुबाले शहर छोड्न भनेपछी छोराले गरे आत्महत्या

एजेन्सी। भारतमा एक यस्तो घटना घटेको छ । सुसाईड नोटमा लेखिएको कुरा सुन्नुभयो भने तपाईंको आँखा रसाउने छ । राजकुमार सिंहका छोरा मनिष शनिबार दिउँसो बिहारको पूर्णियास्थित घरबाट निस्केका थिए । त्यसपछि रातीसम्म घर फर्केनन् । आइतबार बिहान जब पिताले ढोका खोले घरअगाडि रहेको रुखमा छोराको लाश झुण्डिरहेको थियो ।

 

बिहानै उठेर हेर्दा घरको ढोकै अगाडिको अगाडिको रुखमा छोरा मनिषको लाश झुण्डिरहेको थियो । उनको खल्तीमा सुसाइड नोट भेटियो । सुसाइड नोटमा लेखिएको थियो ‘सरी बाबा तपाइँले भन्नुभएको थियो कि शहर छोडिदिनु । त्यसैले मैले संसार नै छोडिदिएँ । बिक्की, रिंकु, बिट्टु, सत्यम र किट्टुले मेरो कुनै पैसा खाएका छैनन् । बाबा हजुरले यी केटाहरुमाथि मेरो सबै पैसा खाएको जो आरोप लगाउनुभयो त्यो सबै झुटो हो ।

 

लाश देखेपछि उनी आत्तिएर चिच्याउन थाले । पिताले चिच्याएको सुनेर भित्र भएकी छोरी निस्किन् । उनी आत्तिएर बेहोस भइन् । त्यसलगत्तै आसपासका मानिसहरु जम्मा भए । प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको छ ।