बिहान उठ्ने बितिक्कै ओछ्यान मिलाउने गर्नुहोस नत्र पछुताउनु पर्ला नी : कारण यस्तो छ

एजेन्सी । विहान सुतेर उठेपछि सुतेको ओछ्यान त्यसै छोड्ने धेरैको बानी हुन्छ। तपाईको पनि त्यस्तो बानी छ भने आज बाटै छोडिदिनुहोस्। बास्तुशास्त्र अनुसार सुतेर ओछ्यान नमिलाई अस्त व्यस्त छोड्नु भएको छ भने राहुको दोष हुने सम्भाबना हुन्छ। भारतीय एक ज्योतिषाचार्य प्रवीण द्धिवेदीका अनुसार सफल, धनवान हुनका लागि यस्ता गल्तिबाट बच्नु पर्दछ।

जानिराखौँ बिहान उठ्ने वित्तिकै गर्नु पर्ने ३ काम

 

ओछ्याउन नमिलाउनु

सुतेर उठेपछि बिहान जहिले पनि आफू सुतेको ओछ्यान मिलाउने गर्नुपर्दछ। ज्योतिष शास्त्रका अनुसार यसो गर्दा राहु सम्बन्धी दोष बढ्न सक्ने खतरा हुन्छ र तपाईको स्वास्थ्य तथा पैसासँग सम्बनधीत समस्या बढ्ने सम्भावना हुने गर्दछ।

ओछ्यानमा बसेर चिया पिउनु

धेरै व्यक्तिले उठ्ने वित्तिकै ओछ्याउनमै चिया पिउने बानी हुन्छ। ग्रन्थ तथा आयुर्वेदका अनुसार ओछ्याउनमै चिया पिउने बानी एकदमै गलत हो। यो बानीले गर्दा तपाईको स्वास्थ्य बिग्रिने सम्भावना रहन्छ। त्यसैले जुन व्यक्तिको यस्तो बानी छ त्यो जरुर छोड्नु पर्छ।

उठ्ने वित्तिकै ऐना हेर्नु

बिहान उठ्ने वित्तिकै आफूलाई ऐनामा कहिलै पनि नहेर्नुहोस्। बास्तुशास्त्रका अनुसार रातभर सुतेर उठ्दा नकारात्मक कुरा पैदा हुन सक्छ। बिहान उठ्ने वित्तिकै ऐना हेर्दा त्यसको असर आफूमा पर्ने गर्दछ। त्यसैले बेडरुमको पलंगमा तथा नजिकै ऐना नराख्नुहोस् र बिहान उठ्ने वित्तिकै ऐना हेर्न पनि बन्द गर्नुहोस्।