गृहमन्त्रीले राखे आकस्मिक बैठक ,तीनैवटा सुरक्षा निकायको

काठमाडौं, भाद्र २६ । कन्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान प्रभावकारी नभएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख र गृहमन्त्रीको उपस्थिती थिए।

 

प्रहरीद्धारा अभियुक्त बनाईएका दिलिपसिंह विष्ट अदालत नपुग्दै छुटेपछी प्रहरीको अनुसन्धान त्रुटिपुर्ण भएको देखाएको छ । सरकारी वकिल कार्यालयले मंगलबार विष्टलाई प्रमाण नभेटिएको भन्दै हाजिरी जमानीमा छाडेको छ।

 

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले करिब एक महिनाको अनुसन्धानपछि विष्ट नै निर्मलाको हत्यारा भएको भन्दै सार्वजनिक गरेको थियो। तर प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेपछि कञ्चनपुरमा सिडिओ र एसपी फेरिएका थिए ।

 

स्थानीयको प्रदर्शनपछि नियन्त्रणमा लिईएका रोशनी र बबिता बम दिदीबहिनीलाई पनि सरकारी वकिल कार्यालयले छाडेको छ। गत साउन १० गते बम दिदीबहिनीको घरमा होमवर्क गर्न गएकी निर्मलाको हत्या भएको थियो तर, उनको शव भोलिपल्ट फेला परेको थियो ।

 

गृह मन्त्रालयले घटनाको छानविन गर्न उच्च स्तरीय समिति गठन गरेको छ तर, सोमबार एकजना सदस्यले छानवीन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै राजिनामा दिएका छन् । उनले छानवीन निष्पक्ष हुने संभावना कम रहेको बताएका छन् ।