दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्ट बुधबार सन्दीपले लिए अाफ्नाे नाम फिर्ता

एजेन्सी । दक्षिण अफ्रीकाले पनि औपचारिक फ्रेन्चाइज प्रणालीको टि.२० क्रिकेट लिग, मजान्सी प्रिमियर लिग आयोजना गर्ने भएको छ । ६ टोली सम्मिलित लिगको टोलीको नाम र मार्की खेलाडी सोमबार सार्वजनिक गरिएको छ ।

यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने प्रतियोगितामा ३२ खेल हुनेछन् । प्रतियोगिताका ६ टोलीका मार्की खेलाडी तय भएका छन् भने बुधबार खेलाडी ड्राफ्टमार्फत अन्य खेलाडी पनि निर्धारण हुनेछन् । अन्तर्राष्ट्रिय मार्की खेलाडीका रुपमा पनि ६ खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

सहभागी टोली र मार्की खेलाडी स्

केपटाउन ब्लिटज – जेपी ड्युमिनी

डर्बन हिट – हाशिम अमला

जोजी स्टार्स – कगीसो रबाडा

नेल्सन मण्डेला बे जायन्ट्स – इमरान ताहिर

पार्ल रक्स – फाफ डु प्लेसिस

श्वाने स्पार्टन्स – एबी डे भिल्लियार्स

अन्तर्राष्ट्रिय मार्की खेलाडीमा ओइन मोर्गन, जेसन रोय, दाविद मालान ९इंग्ल्यान्ड०, क्रिस गेल, ड्वेन ब्राभो ९वेस्ट इन्डिज० र रशिद खान ९अफगानिस्तान० रहेका छन् । आयोजकले २ सय भन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीले प्रतियोगितामा ड्राफ्टका लागि नाम दर्ता गरेका छन् । ड्राफ्ट बुधबार दक्षिण अफ्रिकामा हुँदैछ । प्रतियोगिताको नियम अनुसार प्रत्यक टोलीले कम्तिमा ३ राष्ट्रिय सम्झौता प्राप्त खेलाडी, ३(४ विदेशी खेलाडी र १ दक्षिण अफ्रिकी रुकी खेलाडी हुनुपर्ने प्रावधान छ । ड्राफ्टबाट प्रत्यक टोलीले १४ खेलाडी लिनेछन् ।

 

यसबीच नेपालका युवा स्टार सन्दीप लामिछानेले भने ड्राफ्टमा नाम दर्ता गराएपनि अन्तिम समयमा नाम फिर्ता लिएका छन् । राष्ट्रिय टोलीका व्यवस्थापक रमण सिवाकोटीले जानकारी दिएअनुसार सो समयमा सन्दीपले अन्य लिगमा पनि खेल्ने भएकाले उनले यस प्रतियोगिताको ड्राफ्टबाट नाम दर्ता फिर्ता लिएका हुन् ।

 

सन्दीप हाल अफगानिस्तान प्रिमियर लिगमा नङरहर लेपर्डबाट खेलिरहेका छन् । उनको टोली अहिले लिग तालिकाको चौथो स्थानमा रहेको छ । दोस्रो चरणमा पुग्ने टोलीको सम्भावना बलियो छ र लिगको अन्तिम खेल बुधबार हुनेछ ।