दशै नजीकीए संगै सवारी साधनहरुले मनपरि भाडा असुल्न थालेका छन् प्रतीकीलो मिटर १०रुपैया भए पनी २० देखी २५रुपैया भाडा लिने गरेका छन्

काठमाडाै असाेज २६।दशै तिहार तथा चाँडबाँड नजीकीए संगै बझाङ जिल्लाका शाखा सडकहरुका चल्ने सवारी साधनहरुले मनपरि भाडा असुल्न थालेका छन् । जिल्ला प्रशासन कार्यलयले केही महीना अघि शाखा सडकहरु तथा कच्ची सडमा प्रति किलोमीटर १० रुपैया रेट तोकीएको भए पनी यहाँका जीप ब्यावासयीहरुले भने यसको दाब्बर भन्दा बढी पैशा यात्रुहरु बाट असुल्दै आएका छन् ।

 

एक किलोमीटरको १० रुपैया तोकेको जिल्ला कच्चि सडकको भाडा अहिले जीप धनी तथा जीप चालकहरुले प्रतिकीलो मिटर २० देखी २५ रुपैया सम्म लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । खप्तड छान्ना गाँउपालीका तमैल देखी कालुखेती सम्म ११ किलोमीटर सडक मात्रै भएको तर त्यहाँ चल्ने जीप चालक तथा जीप धनीहरुले २५० देखी ३०० सम्मा भाडा लिने गरेको स्थानीय बासिन्दा सुवास खड्काले बताउनु भयो ।

आफु घर जाने क्रममा जहिले पनी २५० देखी ३०० सम्म भाडा तिर्दै आएको खड्काले जानकारी दिनु भएको छ । ३०० भन्दा कम भाडा दिने यात्रुलाई जीपमा चढ्न नै नदीने गरेको गुनासो उहाँको छ ।

 

यस्तै यहाँका जीपचालक तथा धनीहरुले मन परि भाडा असुल्दै आएको गुनासो यहाँका स्थानीय बासिन्दाहरुले पटक पटक स्थानीय निकाय, जिल्ला प्रशासन कार्यलय देखी जिल्ला प्रहरी कार्यलय सम्म जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको दुखेसो यहाँका स्थानीय बासिन्दाले जनाएका छन् ।

 

स्थानीय बासिन्दा तथा समाज सेवि उत्तम रोकायाले भन्न्ु भयो जीप संचालन हुदा गाँउ घरका स्थानीय बासिन्दाहरु खुःसी भएका थिए । तर जब मन परि भाडा जीप चालकहरुले अस्ुल्न थाले त्यस पछी गाँउ मा चल्ने सवारीका साधनहरु हुने खानेका लागी मात्रै चल्दा रहेछ न् भन्ने गुनासो बढी छ ।

यहाँका कती पय स्थानीय आम्दानीको श्रोत नभएका ब्यत्तःीहरु तमैल बजार सम्म सामान किन्न गएको खन्डमा जीप चढेर जानु साँटो पैलद नै जाने गरेको उहाँको भनाई छ ।

 

यस विषयमा गाँउपालीकामा पटक पटक गुनासो आएका कारण यसका लागी अबको दुई दिन भित्र नै भाडा ब्यावस्थापन गरी कार्यान्वयन गर्ने खप्तड छान्न गाँउपालीकाका अध्यक्ष बर्क बहादुर रोकायाले बताउनु भयो । केही समय अघि जीप ब्यावसायीहरु संग बसेर छलफल गर्न खोज्दा जीप चालकहरु तथा ब्इावासायीहरु अनुपस्थिीत भएका कारण विना निस्कर्ष बैठेक ट्ुङ्गीएको बताउदै रोकायाले भन्नु भयो अबको दुई दिनमा नै सरोकारवाला बसेर भाडा दर कार्यान्वयन गरी लागु गर्ने बताउनु भएको छ ।

 

यस्तै चैनपुर देखी रुपातोला शाखा सडक चैनपुर मयाना शाखा सडक, भाँडे छविसपाथीभेरा शाखा सडकहरु, बागथला विजगडा शाखा सडकहरुमा समेत जीप ब्यावासायीहरुले मनपरी भाडा असुल्दै आएको भए पनी यसको अनुगमन नहुँदा यात्रुहरुले महंगो रकम तिरेर यात्रा गर्न बाध्य भएको यात्रुहरुको गुनासो छ ।