वडा अध्यक्षले गरे गरीब दुखीलाई दशैं मनाउन खाद्यन्न सहयोग

बाजुरा असाेज २६।  बाजुराको बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वडा भित्र रहेका गरिब तथा विपन्न परिवारहरुलाई दशैं मनाउन खाद्यन्न सहयोग गरेका छन् ।

नजिकिदै गरेको विजया दशमी तथा शुभदिपावलीको अवसर पारेर वडा अध्यक्ष पाध्यायले वडा भित्रका रहेका १४ वढी अति विपन्न परिवारहरुलाई चामल, तेल, विउविजन सहयोग गरेका हुन् । वडा भित्र रहेका अति गरिबहरुलाई आफ्नो भत्ता बापत उपलब्ध भएको रकमले दशैं मनाउन खाद्यन्न सहयोग गरेका हुन् ।

वडा अध्यक्ष पाध्यायले जनप्रतिनिधि हुनुभन्दा अघाडि निर्वाचनका बेला बाचा गरेअनुसार आफुलाई उपलव्ध हुने विभिन्न बैठक, तालिम र गोष्ठीबाट पाउने रकमको ४० प्रतिशत रकम वडा भित्रका विपन्न परिवारलाई सहयोग गर्ने प्रतिवद्धता अनुसार सहयोग गरेको बताएका छन् ।

वडा अध्यक्ष पाध्यायले भने बैठक भत्ता बापत उपलब्ध हुने अन्य रकम पनि वडा भित्रका अन्य असाहय, टुहुरा, विरामी र गरिब, दिनदुखीहरुलाई सहयोग गरिरहने बताएका छन् ।

 

वडा भित्र दशैंमा घरमा खाद्यन्न र तेल समेत नहुने अति विपन्न परिवारहरुका लागि यो आफ्नो सानो सहयोगले केही दिनको छाक टार्न गरिब परिवारहरुलाई सहयोग पुग्ने वडा अध्यक्ष पाध्यायले बताएका छन् ।

वडा अध्यक्ष पाध्यायले दिएको खाद्यन्न सहयोगले दशैंमा केही दिनका लागि भएपनि परिवारको गुजरा चलाउन सहयोग पुग्ने गरिब परिवारकि पार्वती पाध्यायले बताएकि छन् ।