नगरप्रमुख विष्टले नेपाल आमाको मूर्ति बनाउन गरे एक करोड सहयोगकाे घोषणा

कञ्चनपुर, कात्तिक २० । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले महाकाली शारदापिट भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउन एक करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

 

नेपाल आमाको मूर्ति निर्माण समितिले भम्केनी धाममा आयोजना गरेको बृहत छलफल कार्यक्रममा नगर प्रमुख विष्टले आगामी नगर सभामा एक करोडको सहयोगको लगिने बताए ।

 

‘नेपाल आमाको मूर्ति निर्माण जस्तो महत्वपूर्ण कार्य हुँदैन, त्यसका लागि भीमदत्त नगरपालिका सक्दो सहयोग गर्न प्रतिवद्ध छ, आगामी नगर सभामा एक करोडको सहयोगका लागि प्रस्ताव लैजान्छु’ नगर प्रमुख विष्टले भने ।

 

नेपाल आमाको मूर्ति बनाउन आर्थिक, भौतिक, बौद्धिक सबै किसिमका सहयोग गर्न नगरपालिका तयार रहेको नगर प्रमुख विष्टले बताए ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य, सुदूरपश्चिम प्रदेशका साँसद, राजनीतिक दलका नेता सहभागी भएका छन ।

 

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले भम्केनी धाम नयाँ पर्यटकीय गन्तव्य घोषणा गरिएकाले स्थानीय सरकार पर्यटन प्रवद्र्धनका लागि योजना बनाएर जाने बताए ।

 

भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउन रु १४ करोड खर्च लाग्ने अनुमान गरिएको छ । जगद्गुरुले देशभर भ्रमण गरी मूर्ति बनाउन चाहिने धातु संकलन गरेका छ्न । भीमदत्त नगरपालिका वडा नं ८ मा पर्ने भम्केनी धाममा चार महिनासम्म जगद्गुरुले तपस्या गरेपछि यो क्षेत्र धामका रुपमा विकास भएको हो ।

 

भीमदत्तका नगर प्रमुख विष्टले नेपाल आमाको मूर्ति बनाउने कार्य गर्वको कुार भएकाले स्थानीय सरकारले प्रदेश र संघीय सरकारसित पहल गरिने बताए ।