बस दुर्घटना, १६ को मृत्युु


काठमाडौं मंसिर ६। डा केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहीबार बेलुका बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। यद्यपि, बसमा विद्यार्थी नरहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो।

 

६५ जना चढेको गाडी भिरबाट खस्दा ज्यान गुमाउनेहरुमध्ये अहिलेसम्म १६ जनाको शव निकालिएको र ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

 

डडेलधुराको अमरगढी नगरपालिकामा लाग्ने उग्रतारा मेलाबाट फर्किने क्रममा स्कुलको बस दुर्घटनामा परेको हो।

अहिले जिल्ला प्रहरी कार्यलय डडेलधुरा र डोटीको टोली घटनास्थलमा पुगेको छ । डोटीको ३६ नं। गणको सशस्त्र प्रहरीको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको छ।