एक वर्षमा ५०११ कर्मचारीको विदेश भ्रमण, ‘ठूला’ कै हालीमुहाली

काठमाडौं, पुस ८ । विदेश भ्रमणमा उच्चपदस्थ कर्मचारीहरुकौ हालिमुहाली देखिएको छ। राज्यबाट आकर्षक सेवा ससुविधा लिँदै आएका राजपत्रांकित अधिकृतदेखि सचिव तहका कर्मचारीको विदेश भ्रमणमा एकछत्र राज देखिएको छ।

 

प्रधामन्त्री तथा पन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायका कर्मचारीले गरेको विदेश भ्रमण अध्ययनसम्बन्धी तयार पारेको विस्तृत प्रतिवेदनमा एक वर्षको अवधिमा ५ हजार ११ कर्मचारी विदेश गएको र त्यसमा ८५ प्रतिशतभन्दा बढी उच्चपदस्थ कर्मचारीहरु रहेको औल्याएको खबर राजधानी दैनिकमा छ।

 

उच्च पदस्थ कर्मचारीहरु प्राय युरोपियन र अमेरिकी मुलकमा गएको प्रतिवेदनमा उल्लेख छ। सो प्रतिवेदनअनुसार एक वर्षमा विदेश गएका ५ हजार ११ मध्ये ४ हजार २५८ जना शाखाअधिकृतदेखि अधिकृतसम्म रहेका छन्। जबकि तल्ला तहका कार्यालय सहयोगी खरिदार