सरकारविरुद्ध षडयन्त्र रचियो,जोगिएर हिँड्नू : प्रधानमन्त्री ओली


काठमाडौं पुस २१।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहित यो सरकारका मन्त्रीहरु विरुद्ध धेरै षडयन्त्रहरु भइरहेको भन्दै जोगिएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई होस र्पुयाएर बोल्न र काम गर्न निर्देशन दिएका हुन् ।

वाइडबडी जहाज खरिद प्रकरणमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित् बहालवाला सचिवहरुलाई दोषी ठहर गरेर लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएपछि ओली गम्भिर देखिएको एक मन्त्रीले बताए । यसरी हचुवाका भरमा उपसमितिले अध्यन गर्ने अनुमान आफूले नगरेको प्रधानमन्त्रीको आशय थियो ।

 

प्रधानमन्त्री ओलीले अहिले सरकारविरुद्ध निकै ठूलो षडयन्त्र भइरहेको बताएका छन् । कुनै गल्ती नै नगरे पनि कहाँबाट सिध्याउने भनेर केही शक्ति र मान्छे लागेका छन् उनले भने, कुनै पनि बेला फसाउन सक्छन् त्यसैले बोल्दा, निर्णय गर्दा वा हरेक कदम चाल्दा होस् गर्नुस् ।

 

केही गल्ती नगरे पनि मान्छेहरु सिध्याउन लागेका छन् । वाइडबडी प्रकरणमा मन्त्री रविन्द्र अधिकारी र प्रेमकुमार राईलगायत कतिपय निर्दोष व्यक्तिलाई नियतवश फसाउन खोजिएको प्रधामन्त्रीले आशंका गरेका छन् ।