निर्मला परिवारमा राहत लिने विषयमा विवाद यज्ञराजले कुटे दुर्गादेवि

कञ्चनपुर, पुस २६ । बलात्कार पछि हत्या गरिएकी १३ बर्षिय बालिका निर्मला पन्तको परिवारमा राहतको रकम बाँडफाँटको विषयमा विवाद चुलिएको छ ।

 

निर्मलाकी आमा दुर्गादेवी पन्तले डिएनए म्याच गर्नका लागि रगतको नमुना दिँदै राहतको रकम बुझन तयार रहेको बताए पछि विवाद भएको हो । निर्मला पन्तकी आमा दुर्गादेवि पन्तलाई उनकै श्रीमान यज्ञराज पन्तले राहतकै विषयलाई लिएर कुटपिट गरेका छन् । निर्मलाकी आमा दुर्गाले डिएनए म्याचका लागि रगत दिएसंगै राहत बुझ्ने बताएपछि यज्ञराजले उनलाई कुटपिट गरेका हुन ।

 

बुधबार निर्मलाकी आमा दुर्गाले प्रहरीमा निवेदन दिएर निर्मलाकै भेजाईनल स्वाब निकालिएको हो, वा होईन भनि एकिन गर्नका लागि रगतको नमुना दिएकी थिइन् । बिहीबार बिहानै निर्मला र दुर्गाकी छोरी बस्ने भीमदत्त नगरपालिका–२ उल्टाखाम घरमै पुगेर यज्ञराजले निर्मलाकी आमा दुर्गालाई कुटपिट गरे । ‘दुवै छोरी स्कुल गएका थिए, ‘म भान्साका भात पकाइरहेकी थिए, ‘दुर्गाले भनिन्, ‘यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट ग¥यो ।’

 

भान्सामै यज्ञराजले दुर्गालाई कुटपिट गर्न थालेपछि दुर्गा भात पकाउन छाडेर भागेकी थिइन् । प्रेसर कुकरमा राखिएको भात सहित भाँडो जलेको थियो । भान्सामा कुटपिट गर्न थालेपछि आफु बाँच्नका बाहिर आएको उनले बताईन। यज्ञराजले दुर्गाको मोबाईल पनि खोलेका थिए ।

 

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले यज्ञराजबाट मोबाईल मागेर दुर्गालाई बुझाईदिएको थियो । निर्मलाका बाबु यज्ञराज र सौतेले आमा लक्ष्मीले घरपरिवारसंग सलल्लाह नै नगरि अरुले उस्काएको भरमा रगत दिएको र राहत बुझ्न सहमत भएको आरोप लगाएका छन । तर, निर्मलाकी आमा दुर्गाले न्याय पर्खिदा पर्खिदा दुई छोरीमाथी पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्ने बताएकी थिइन् ।

 

निर्मलाकी कान्छी आमा लक्ष्मीले आफुलाई राहत र पैशाको रतिभरको लोभ नभएको र छोरीको न्यायका लागि धर्नामा बसेको बताउदै उनले छोरीले न्याय नपाउँन्जेलसम्म आन्दोलन जारी राख्ने बताएकी छिन । रातहतको रकम बुझे घरमै आएर आत्महत्या गर्ने यज्ञराजले बताए । तीनै सरकारले निर्मलाको परिवारलाई १८ लाख रुपैया राहत दिने घोषणा गरेका थिए । निर्मलाका बाबु यज्ञराज पन्तले आफुले श्रीमतीलाई कुटपिट नगरेको दाबी गरेका छन् ।

 

सल्लाह विनानै रगत दिएको र राहत बुझ्ने भनेर सोधेको मात्रै बताए । ‘मैले शुरुदेखि छोरी निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेको थिए, ‘यज्ञराजले भने, ‘अहिले आएर अरुको उस्काहटमा लागेर राहत बुझ्ने रगत दिने ।’ आफू पुषको महिनामा धर्नामा बसेर चिसो खाईरहेको भन्दै रगत नदेउ भन्दा भन्दै दिएको र सरकारले घोषणा गरेको रकम कहि नजाने भन्दै आफ्नो सहमति बिनै बुझ्छु भनेपछि आपत्ति जनाएको बताए ।