पाँच किलो चरेससहित एकजना पक्राउ

कञ्चनपुर, माघ ३ । कञ्चनपुरको कृष्णपुर नगरपालीका २ गुन्यालफाँटाका अन्ताजी ५७ वर्षीय रामबहादुर बोहरा पाँच किलो चरेससहित बिहीबार पक्राउ परेका छन् ।

 

इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरीको संयुक्त टोलीले विशेष सुचनाका आधारमा चरेससहित बोहरालाई पक्राउ गरेको हो ।

 

घर नजिकै झोलामा चरेस लुकाई छिपाई लैजादै गरेका बेला रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रमेशदत्त अबस्थीले बताए ।

 

पक्राउ परेका बोहरालाई इप्रकाको हिरासतमा राखि अनुसन्धानको कार्य भैरहेको उनले बताए । बोहरा माथि लागु औषध ऐन २०३३ अनुसार मुद्दा चलाईने प्रहरी निरिक्षक अबस्थीले बताए ।