छड्के अनुगमनगर्दा १९ कर्मचारी अनुपस्थित

बैतडी, माघ ६ । बैतडीको पुर्चौडी नगरपालिकामा गरिएको छड्के अनुगमनका क्रममा १९ जना कर्मचारी अनुपस्थित भेट्टिएका छन् ।इलाका प्रसासन कार्यालय पुर्चौडीका प्रमुख जयबहादुर कुँवरको नेतृत्वमा गएको अनुगमन टोलीले आइतवार नगरपालिकामा अनुगमन गरेको हो ।

 

कार्यालयमा नहुने कर्मचारी अधिकृत देखी कार्यालय सहयोगी सम्मका रहेका ईलाका प्रसासन कार्यालय, पुर्चौडीका प्रमुख कुवँरले बताए । यसका साथै कार्यालयमा उपस्थित भएका कर्मचारीले पनि हाजिरी नलगाउने गरेको भेट्टिएको छ ।

 

कार्यालयमा अनुपस्थित कर्मचारीलाई निजामती सेवा ऐन तथा नियमावली अनुसार कार्बाही हुने इलाका प्रसासन कार्यालय पुर्चौडीले जनाएको छ ।

अनुपस्थित कर्मचारीलाई सोमवार स्पष्टिकरण सोधिने र चित्तबुझ्दो जवाफ नआएमा सम्वन्धीत निकायलाई कार्वाहीको लागी सिफारिस गरिने प्रमुख कुवँरको भनाइ छ । कर्मचारीबाट सेवा पाउन नसकेको नागरीकको ब्यापक गुनासोपछी इलाका प्रसासन कायालयले छड्के अनुगमन गरेको हो ।