‘धूमपान’फोक्सोमा क्यान्सर हुने प्रमुख कारण

फोक्सोमा क्यान्सर हुने प्रमुख कारण धूमपान रहेको चिकित्सकले बताएका छन्। झण्डै ९० प्रतिशतलाई धूमपानका कारण क्यान्सर हुने गरेको छ।धूमपानपछि वंशाणुगत कारणले फोक्सोको क्यान्सर हुने गरेको चिकित्सकहरूले बताएका हुन्।

 

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा।मदन पियाले झण्डै व्यवस्थित जीवनशैली, खानपान र जीवनयापनका कारण पछिल्लो समय क्यान्सरका बिरामी बढेका बताए। विभिन्न अंगमा हुने क्यान्सरमध्ये बढी मानिसमा फोक्सोको क्यान्सर हुने गरेको उनले जानकारी दिए।

 

निरन्तर खोकी लाग्ने, छाती दुख्ने, स्वास फेर्न अप्ठेरो हुने, थकाइ लाग्ने भए क्यान्सरको सम्भावना हुन्छ। ‘यसबाट बच्न धूमपान नगर्ने, धूमपान गर्ने व्यक्तिले वर्षको कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गर्ने गर्नुपर्छ’, पियाले भने, धूमपान गर्ने व्यक्तिलाई लामो समयदेखि खोकी लागिरहेको छ भने चिकित्सकको परामर्श लिनुपर्छ।