शिक्षा सुधार स्थानीय तहबाट

काठमाडौँ, फागुन १५ । विद्यार्थीको सिकाइलाई केन्द्रमा राखेर सरकारलेसंघीय शिक्षा ऐन बनाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले दिएको प्रतिवेदनको कार्यान्वयन पनि संघीय शिक्षा ऐनमार्फत हुनुपर्ने विज्ञहरूको भनाइ छ ।

 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले मङ्गलवार आयोजना गरेको कार्यक्रममा पूर्वशिक्षासचिव बालानन्द पौडेललेस्थानीय सरकारकै पहलमा शिक्षामा सुधार सम्भव हुने बताउनुभयो । शिक्षाविद् प्रा।डा।बासुदेव काफ्लेले अभिभावकबाटै विद्यालय व्यवस्थापन समितिको चयन गरिनुपर्ने उल्लेख गर्नुभयो ।

 

चागुनारायण नगरपालिकका प्रमुख सोम मिश्रले सार्वजनिक शिक्षाको सुधार नै अबको कार्यसूची हुनुपर्ने बताउँदै विद्यार्थीविहीन अवस्थामा रहेका नगरपालिकाका छ वटा सामुदायिक विद्यालयलाई खारेजी गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका पूर्वसदस्य डा।बाबुराम अधिकारीले आयोगको प्रतिवेदनकै आधारमा संघीय शिक्षा ऐन बनाइनुपर्ने बताउनुभयो भने शिक्षाविद् डा।विनय कुसियतले सञ्चालन र व्यवस्थापन स्थानीय सरकारलाई दिने गरी शिक्षाको प्रवन्ध मिलाइनुपर्ने सुझाव दिनुभयो ।

 

सांसद् बद्री पाण्डेले सरकारले आयोगको प्रतिवेदन सार्वजनिक गरे संघीय शिक्षा ऐन बनाउन सहज हुने विचार व्यक्त गर्नुभयो । शिक्षाविद् प्रा।डा।मनप्रसाद वाग्लेले निजी शिक्षालाई गैरनाफामुलक संस्थाका रुपमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । गोरखापत्रबाट