शिक्षक र प्रहरीबीच झडप, प्रहरीले हान्यो आश्रुग्याँस र पानीका फोहोरा

काठमाण्डौँ, फागुन २०। नयाँ बानेश्वरमा राहत शिक्षक र प्रहरीबीच सोमबार झडप भएको छ । शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका राहत शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो ।

 

शिक्षहरुले गरेको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ । हाल​ मुलुकभर ४० हजार राहत शिक्षक छन्।