सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन

काठमाडौ, फागुन ३० । सरकारले विप्लव माओवादीको गतिविधि माथि प्रतिवन्ध लगाएको घोषणा संगै सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन दिएको छ ।

मुलधारको राजनीति भन्दा बाहिर गएर हत्या हिंसा जस्ता कृयाकलापमा बिप्लव नेतृत्वको माओवादी लागेपछि सरकारले प्रतिबन्ध लगाउने निर्णय पछि उसबाट हुन सक्ने हिंसात्मक कृयाकलापलाई नियल्न समेत सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

 

बिप्लव समुहको पछिल्लो गतिबिधि राजनीतिक भन्दापनि धम्की दिएर रकम असुल गर्ने र नदिए बम पड्काउने तथा हत्या सम्मगर्ने कृयाकलाप बढेपछि सरकारले उसको गतिबिधिमाथि प्रतिवन्ध लगाएको हो ।

 

बिप्लव माओवादीमाथिको प्रतिवन्ध पछि सुरक्षा थ्रेड बढेको बिष्लेषण गर्दै सरकारले उसको गतिविधिलाई नियन्त्रण गर्न र सुरक्षा ब्यवस्था मजबुत बनाउन निर्देशन दिए संगै तीन वटै सुरक्षा निकायको प्रधान कार्यालयले बुधबार मुलुकभरका आफ्ना मजकुर कार्यालयलाई हाई अर्लटमा रहन निर्देशन दिएको हो ।

 

सरकारले बिप्लव माओवादीको हिंसात्मक गतिबिधिमाथि प्रतिवन्ध लगाएसंगै मुलुकभर सुरक्षा ब्यवस्था मजवुत बनाउन नेपाल प्रहरीका सबै कार्यालयलाई हाइअर्लटमा रहन निर्देशन दिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुबेदीले जानकारी दिनुभयो ।

 

बिप्लव माओवादी निर्वाचन आयोगमा पनि दर्ता नहुने तर राजनीतिक दलको रुपमा मुलुकभर हिंसात्मक गतिबिधि गर्न थालेपछि उसको गतिविधिमा रोक लाग्नु स्वभाविक भएको बताउदै उनीहरुका कार्यकर्ता तथा नेताले हिडडुल गर्न नपाउने भन्ने होईन तर उनीहरुले राज्यलाई चुनौती दिएर अव कुनै पनि गतिविधि गर्न नपाउने बताउनुभयो ।

 

सरकारले सुरक्षा फौज रहेको स्थान र त्यहां कार्यरत सुरक्षाकर्मीको अवस्थाको वारेमा जानकारी लिन पनि सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
सरकारको निर्देशन अनुरुप देशभरका सबै युनिटलाई उच्च सर्तकता उप्नाउन निर्देशन दिएको सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज श्रेष्ठले जानकारी दिनुभयो । उहांले भन्नुभयो –सबै युनिटलाई आफ्नो ब्यक्तिगत सुरक्षा र आफ्नो कार्यक्षेत्रलाई सुरक्षित राख्न निर्देशन दिएका छौ । यो समाचार आजको नेपाल समाचारपत्रबाट।