काठमाडौमा जुता,चप्पल ब्यापार मेला सुरु

 काठमाडाै,बैशाख ५। काठमाण्डौकाे भूकुटीमन्डप स्थित प्रर्दशनिमार्गमा  जुता,चप्पल ब्यापार मेला  हिजाेबाट सुरु भएको छ।मेलाको उदघाटन हास्यकलाकार जितु नेपालले गरेका थिए  ।

उक्त मेलामा जम्मा सात वटा कम्पनीका फरक-फरक स्वदेशी जुता,चप्पलहरु किनमेल गर्न पाइने छ।विशेषगरि स्वदेशी उत्पादनलाइ प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ उक्त मेलाको आयोजना गरिएको हो।

 

 

 रोयल सुजका प्रबन्ध निर्देशक भिमलाल पौड्यालका अनुसार मेला अवधिभर करिब ५-८ करोडको सम्मकाे ब्यापार हुने अपेक्षा राखिएको बताएका छन्।मेला १५ दिनसम्म चल्ने तय भएपनी पछि ग्राहकको मागअनुसार समय अवधि थप गर्न सकिने उनले बताए ।