अबको राजनीतिक कार्यदिशा आर्थिक बिकास र समृद्धिमा हुनेछ : रक्षामन्त्री

   नरेन्द्र महतारा-

काठमाडाै,बैशाख ८। उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले अबको राजनीतिक कार्यदिशा आर्थिक बिकास र समृद्धिमा हुने बताएका छन।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३ नं प्रदेशले आयोजना गरेको ७० औं पार्टी स्थापना दिवस तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन।

दुइवटा पार्टी एक भएर मात्रै हुदैन त्यसलाई पुर्णता दिनका लागी पनि सबै एक भएर लाग्नुपर्ने उनको धारणा छ।कसले जित्छ,कसले हार्छ भन्ने बिचार लिएर अगाडि बढनुभन्दा पनि समग्रमा सबैले जित्नुपर्छ भन्ने बिचार लिएर अगाडि बढ्नु नै आजको आवश्यकता भएको उनको ठहर छ।

 

 हिजोका कुरा गरेर मात्रै पार्टी चल्दैन,उनले भने त्यसका लागी बिधिसम्मत र बैज्ञानिक ब्यबस्थापन आवश्यक छ।नयाँ राजनीतिक कार्यदिशाको आधारमा पार्टी निर्माण गर्ने र त्यसका लागि दुइ धार र तिन पुस्ताको नेतृत्व जरुरी रहेको उनको ठम्मयाइ छ।मानिसले राजनीतिमा लाग्दा अवसर,सम्मान,सुख र सुबिधा खोज्ने भएकाले राजनीतिलाइ अझै सुधार गर्दै लैजानुपर्नेमा उनको जोड छ।

 

बिगतका बर्षहरुमा कम्युनिस्ट आन्दोलनको निरन्तर नेतृत्व गर्दै आउनुभएका करिब १३ जिल्लाका २६ जना अग्रज ब्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो।

 

३ नं प्रदेशका अध्यक्ष नारायण दाहाल लगायतले अब  पार्टी एकीकरण टुंङ्याएर देशमा परिवर्तन  र विकास आवश्यक भएको बताएका छन्।पार्टीले भोली ९ गते प्रज्ञा प्रतिस्ठान भवनमा विशेष समारोहको आयोजना गर्ने भएको छ।पुर्वनेता पुष्पलाल श्रेष्ठको सम्झनामा बैशाख १० गते पार्टीले काठमाडौदेखी उनको जन्मस्थल भगेरी सम्म विशेष र्याली लैजाने तय भएको छ।