ठेकेदार र विचौलियाको मिलेमतोमा सरकारले हाम्रो कृषि सहकारी पेशा धरापमा पार्दैछ

 काठमाडाै,बैशाख १६।कृषकहरु समाज कल्याण परिषदको नाममा रहेको जग्गामा तरकारी बजार चलाउदै आएका कृषकहरुले आफ्नो पेशा धरापमा पार्न ठेकेदार र विचौलीयाको मिलेमतोमा सरकार संलग्न रहेको बताएका छन।हरित कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको रिपोर्टर्स क्लब नेपालको पत्रकार सम्मेलनमा उनिहरुले यस्तो कुरा बताएका हुन।

 

सहकारिले लिएको उद्देश्य पुरा हुँदा किसान र उपभोक्ता बिचमा बसि कमाइ गर्ने बिचौलियाहरुको रोजगारिको अन्त्य हुने र ठेकेदारी प्रथा मार्फत कृषि बजार सञ्चालन गर्न चाहने बिचौलिया र ठेकेदारहरु यस सहकारिको विरुद्ध अनर्गल प्रचार गरिरहेकाले यसले उहिहरुको कामलाइ प्रत्यक्ष रुपमा असर पारेको छ।

 

अझ ठेकेदारहरुले बिचौलियाको संलग्नतामा उनिहरुबाट जबर्जस्ति अनावश्यकभन्दा बढी रकम असुल्ने गरेका छन।सरकारले आफ्नो ब्यबसायका लागी सरकारी जग्गा उपलब्ध नगराए पनि निजि जग्गामा भएपनी कृषी सहकारिमार्फत कृषी बजार निर्माण गर्न लागिपरेको कार्ययोजना र निति हिजोकै दिनदेखी अगाडि बढाइएको उनिहरुले बताएका छन।

 

कार्यक्रममा बोल्दै हरित कृषि सहकारीका कार्यकारी प्रमुख कोमल चन्द्र बरालले अब राज्यले हामिले गरेको सम्झौता लागु नगरे सरकारबिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन।

 

त्यस्तै कार्यक्रममा बोल्दै सहकारिका प्रमुख सल्लाहकार देबिराम अर्यालले हजारौ किसानहरुको रोजिरोटी खोस्ने प्रवृत्तिको सधै बिरोध गर्ने र यसका लागी सबै लाग्नुपर्नेमा जोड दिए।यस सहकारिसंग सिमाना जोडिएका केहि संस्थाहरुले जग्गाको मासिक मुल्य धेरै कम तिर्ने गरेका तर हरित कृषि सहकारी संस्थाले भने तिनको पाचौ गुणाभन्दा पनि बढी जग्गाको भाडा तिर्ने गरेको छ।यसप्रती उनिहरुको घोर आपत्ति रहेको छ।सरकारले लिएको तिन खम्बे अर्थनीतिअन्तर्गत कृषि क्षेत्रको पनि मुख्य भुमिका रहेको हुनाले यसरी कृषकको बाच्ने अधिकारमाथी नै कुण्ठित गर्ने घातक प्रयास नगर्न उनिहरुले सरकारलाइ आग्रह गरेका छन।