आज मिति २०७६साल बैशाख १७ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसाय बाट प्रशस्त लाभ लिन सकिनेछ । तरल पदार्थ, पानि तथा पानि सँग सम्बन्धित व्यावसायमा लगानि गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुँनेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुँने योग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानिका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

बिशिष्ट तथा उच्च पदश्थ ब्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

समयमा कामहरु सम्पन्न नहुँदा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुँनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

आफन्त तथा साथिभाई सँग रमाईलो यात्राको तय हुँने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मिठा मिठा कुरा गरि भावना साटासाट गरि समय व्यातित गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । खोजमुलक क्षेत्रमा समय बित्नेहुँदा मन प्रशन्न रहनेछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

अध्ययन तथा अध्यापनमा मन जाने तथा नतिजा तपाईकै पोल्टोमा आउँनेछ । शिक्षा पेशा सँग सम्बन्धित व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । रोकियका काम बन्नाले मनग्गे लाभ हुँनेछ । चिठ्ठा,उपाहार तथा आकश्मिक लाभ हुँने योग रहेकोछ । प्रेम प्रशङग सकारात्मक बाटोमा अगाडि बढ्नेछ । खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धि समस्या आउँन सक्छ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । आमा तथा साथिभाई ईष्टमित्रबाट सहयोग हुँने हुँनाले मन खुसि हुँनेछ । बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । जग्गा खरिद बिक्रीबाट आम्दानि गर्न सकिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथिभाई खुसि रहनेछन् । सामाजिक काममा दिन बित्ने योग रहेको छ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

दाजुभाई तथा आफन्तहरुबाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ । छोटो दुरिको रमाईलो यात्राको तय हुँनेछ । पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्ने जागर आउँनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईकै नाम आउँनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

आफन्त तथा कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुँनुको साथै घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने हुँनाले मन प्रशन्न रहनेछ । मांगलिक तथा सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

पहिलेका कमजोरिहरुलाई सुधार गर्दै जाने अवसर आउँनेछ । व्यापार व्यावसायमा नया प्रबृधिको प्रयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आर्थिक रुपमा सम्पन्न हुने हुनाले घर परिवारका सबै आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्ययनमा सफलता हात लाग्नेछ । माया प्रेमको गाठो कसिलो हुने तथा पति पत्निबिच एक अर्कालार्ई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।