केटीको निहुँमा ग्याङ फाइट, एक जनाको मृत्यु

काठमाडौं,बैशाख २१ । ललितपुरको पुल्चोकमा युवाहरुको दुई समूहबीच भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ। केटीकाे निहुँमा ग्याङ फाइट भएकाे थियाे।घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

 

शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्तीमा ग्याङ फाइट भएको थियो। १२र१४ जना युवाहरुको समूहमा भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको छ।

 

झडपमा घाइते भएका उनलाई ६ः४५ बजे सुमेरु सिटी अस्पताल पुर्याइएको थियो। तर, ७ बजे चिकित्सकले मृत घोषित गरेका छन्।

उनको टाउको, छाति लगायतका स्थानमा धारिलो हतियार प्रहार गर्दा गम्भीर चोट लागेको थियो।