बिहान उठने बितिकै खाली पेटमा कहिलै नखानुहोस् यस्ता खाने कुरा,पछि पछुताउनु पर्ला

सोडा: सोडामा कार्बोनेट एसिडको मात्रा धेरै हुन्छ। यदि खाली पेटमा सोडा खाने हो भने तमतम लाग्ने तथा असहज महसुस हुन सक्छ।

 

गोलभेँडा:गोभेडामा एसिडको मात्रा हुन्छ। खाली पेटमा अघुलनशील पदार्थ पैदा गर्छ । खाली पेटमा गोलभेँडा खानु पेटमा पत्थर बन्ने कारणा बन्न सक्छ।

 

औषधि :औषधि दिदा नै चिकित्सकले भनेको हुन्छन खाली पेटमा सेवन नगनुहोला । हो खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैद हुन्छ।

 

रक्सी: खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस। यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ।

 

चटपटे भोजन : कहिलेकाहि खाली पेटमै चटपटे भोजन खाने गरिन्छ। तर सो स्वास्थ्यका लागि हानिकारक हुन्छ।

 

चिया-कफी: खाली पेटमा चिया(कफी पिउनु सबैभन्दा घातक हुन्छ। कफीमा पाइने, कैफिनले स्वास्थ्य बेहाल पारिदिन सक्छ। चियामा हुने अधिक एसिडले पनि खालि पेटमा समस्या पैदा गरिदिन्छ।

 

दही : दही स्वास्थ्यवद्धक चिज हो, तर खाली पेटमा खानु निकै घातक हुन्छ। खाली पेटमा खाएको दहीले शरीरमा घातक केमिकललाई निम्त्याउँछ।

 

केरा:खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्याधिक बढन जान्छ। जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैद हुन्छ। त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ।