नेपालको अर्थतन्त्र निरन्तर वृद्धिमा : गभर्नर नेपाल

 

  नरेन्द्र महतारा

 काठमाडाै,बैशाख २१।नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्र निरन्तर वृद्धिमा रहेको कुरा बताएका छन।नेपाल भ्यालुयर्स एसोसिएसनको चौथो अधिवेशनको उदघाटन सत्रमा उनले यस्तो बताएका हुन।

 

नेपाल भ्यालुयर्स एसोसिएसन एउटा ब्याबसायिक संस्था भएकाले यो संस्थाका पदाधिकारीहरु निकै नै बौद्धिक क्षमताका धनी हुने उनले बताए।यसबाट हुने कामहरु इमानदारीताका साथ अघि बढाउन पनि उनले आग्रह गरे।पारदर्शी र इमानदारी ब्यक्तिको संलग्नता यसमा हुने भएकाले यो संस्थाको भबिष्य निकै नै उज्ज्वल रहेको पनि उनले बताए।

 

आफ्नो नामको पकट क्षेत्र बनाएको यस संस्थाको बदनाम गर्ने कुनै ब्यक्ति भेटिन सक्छन तर तिनले यति सजिलै यो संस्थाको बदनाम गर्न सक्ने छैनन।किनकी यो संस्था निकै नै इमानदारीताका साथ सबैको मुल्यांकन गर्ने संस्था हो।उनले भने संस्थाका अध्यक्ष ऋषी कोइरालाले आफ्ना मागहरु सरकारले अझैसम्म पनि पुरा नगरेकोमा आपत्ती जनाए।

 

अहिले सरकारले अनावश्यक मात्रामा आफुहरुमाथी निति,नियम र कानुनको अंकुश लगाउन थालेकोले उनले सरकारको घोर आलोचना गरेका छ्न। नयाँ पदाधिकारी चयनका लागी मतदान भएको थियो। संस्थाले नयाँ पदाधिकारी पाएको छ।

 

उक्त कार्यक्रममा संस्थालाइ गुणस्तरीय बनाउन सहयोग गर्ने सबैलाइ सम्मानित गरिएको थियो।