सशस्त्र प्रहरीका जवानले गरे युवती बलात्कार

इटहरी,बैशाख २१। शशस्त्र प्रहरी १० नम्बर गुल्म सोनापुरमा कार्यरत सशस्त्र प्रहरीका एक जवानले स्थानीय एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

सहेन्सा चौधरीले ती युवतीलाई गत बैशाख १९ गते बलात्कार गरेको बताइएको छ । ती युवतीले इलाका प्रहरी कार्यलय इटहरीमा बलत्कार गरेको उजुरी दिए पछि हिजो चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले जनाए ।

 

पक्राउ परेका चौधरीको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई जबरजस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।