२९ दिनदेखि अनसन बसिरहेका अखिल (क्रान्तिकारी) माथि त्रिवि सेवा आयोगमा प्रहरी दमन र ज्यादती

काठमाडौँ,असार २। नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) त्रिवि सेवा आयोगको गेटमा २९ दिनदेखि निरन्तर रिले अनसन र धर्ना बस्दै आएका थिए आज प्रहरीले धरपकड गर्दै गिरफतार गरेको छ।

 

आज कीर्तिपुरस्थित त्रिवि सेवा आयोगको गेटमा क्रान्तिकारीले तालाबन्दी गर्दै आयोगका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो । तालाबन्दी पछि गेटमै रिले अनसन बसिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 

 पक्राउ गर्ने क्रममा आफुहरुमाथि प्रहरीले कुटपिट समेत गरेकोले केही कार्यकर्ताहरु घाइते पनि भएका अध्यक्ष जुरेलले बताउँनु भयाे। पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका महासचिव पेशल दाहाल, सचिवद्वय महेश श्रेष्ठ र सुर्य कार्कीलगायत रहेका छन ।

 

पक्राउ गरेर उनीहरुलाई प्रहरीले अहिले कालिमाटी प्रहरी वृतमा राखेको बताईएको छ । उनीहरुले प्रहरी कार्यालयमै पनि अनसन सुरु गरेको घोषणा गरेका छन ।

 

  प्रहरीले धरपकड, लाठी चार्ज र दुव्र्यवहार गर्दै कालिमाटी प्रहरी चौकि लगिएको संगठनका अध्यक्ष जुरेलले बताउँनु भयाे। उनका अनुसार पार्टीका केन्द्रीय सदस्य सुरेश श्रेष्ठसहित संगठनका महासचिव, सचिवलगायत १६ जनालाई पहरीले पक्राउ गरेको छ ।

 

आज मात्रै विहान ७ः ३० बजे उक्त विद्यार्थी संगठनले भ्रष्ट पदाधिकारीहरुलाई कार्यलयमा प्रवेश निषेध गर्न भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका थिए।

 

आयोगले परिक्षामा घोटला गरेको भन्दै त्यसले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै रिले अनसन सुरु गरेका थिए । क्रान्तिकारी विद्यार्थीहरू जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशन बस्दै आएका थिए।