मदन भण्डारीको मृत्यु स्वाभाविक होइन हत्या नै हो : अध्यक्ष प्रचण्ड

 काठमाडौंर असार १४। पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मद भण्डारीको मृत्यु स्वाभाविक नभै हत्या नै भएको बताउनुभएको छ। जननेता मदन भण्डारीको ६८ औँ जन्म जयन्तीका अवसरमा बोल्दै उहाले यस्तो बताउनुभएको हो।हामीले अहिलेसम्म पनि उहाको हत्यारालाइ पता लगाउन नसक्नु हाम्रा लागि निकै दुखद पक्ष हो।

 

उहाको प्रत्यक्षदर्शीलाई यदि हत्या नगरेको भए अहिलेसम्म उहाको हत्यारा पता लागिसक्ने थियो।उहाले भन्नुभयो।मदन भण्डारी देश र जनताको लागि बाचेको नेता हो।

 

त्यत्रा शक्तिशाली राजाहरुको अगाडि एक्लै खुल्लामञ्च टुडिखेलमा बसेर पनि उनिहरुका विरुद्धमा बोल्ने आँट जोकोहिले गर्न सक्दै सक्दैनन तर उहाले गर्नुभयो।यसै क्रममा उहाले अहिले देशमा आफुहरु बाहेक अरुको विकल्प नरहेको बताउनुभयो।

 

हामी कम्युनिष्टहरुका बिचमा कुनै टक्राब आइपरे पनि नेपाली काङ्ग्रेसले आफुले ठाउँ पाउछु भनेर नसोचे हुन्छ।