नेकपाले टुंगो लगायो जिल्ला इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)

काठमाडौं, साउन ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लामा इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी टुंगो लगाएको छ । तत्कालीन नेकपा एमाले र माओवादीका इन्चार्जहरुलाई नै इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

त्यसैगरी बैठकले जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरका लागि इन्चार्ज पनि चयन गरेको हो । काठमाडौं महानगरको इन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिइएको छ । काठमाडौं जिल्लामा अन्य ९ जना सह–इन्चार्ज रहनेछन् । काठमाडौं महानगरको इन्चार्जको जिम्मेवारी भने जीवनराम श्रेष्ठलाई दिइएको छ ।

त्यस्तै, ललितपुर जिल्लाको इन्चार्ज हरि दाहाल र सहइन्चार्ज प्रमेश हमाल रहनेछन् । भक्तपुर जिल्लाको इन्चार्जको जिम्मेवारी दिलिपकुमार प्रजापति र सहइन्चार्जको जिम्मेवारी सोमप्रसाद मिश्रले पाएका छन् ।

मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बस्ने सचिवालयको बैठकले बाँकी विभाग, आयोग, अन्य केन्द्रीय निकाय र प्रवास संगठनको एकीकरणको टुंगो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।