अर्घाखाँचीमा बस दुर्घटना मृत्यु हुनेको संख्या सत्र पुग्यो

 अर्घाखाँची,मंसिर ११।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको छ।

 

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । अहिलेसम्म सत्र जनाको घटनास्थलमा नै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो ।

 

मृत्यु हुनेमा १० पुरुष र ७ महिला छन्। मृतकको सनाखत हुन सकेको छैन।घाइतेलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जानकारी दिएकाे छ।  

 

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो । घाइतेको उद्धार जारी रहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ ।