सेनाले विस्फोटक पदार्थ उत्पादन गर्ने

काठमाडौँ, मङ्सिर १२ । मुलुकलाई विस्फोटक पदार्थमा आत्मनिर्भर बनाउन नेपाली सेनाले थप विस्फोटक पदार्थ उत्पादन गर्ने भएको छ । त्यसका लागि मकवानपुरको सुनाचरीमा नयाँ कारखाना स्थापना गरिने छ । नयाँ कारखानाले राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माणमा पनि सहयोग गर्ने नेपाली सेनाको विश्वास छ ।

 

सुनाचरीमा स्थापित सो नयाँ कारखानाको उत्पादन क्षमता प्रतिवर्ष दुई हजार चार सय मेट्रिक टन रहेको सेनाले जनाएको छ । अहिले विस्फोटक पदार्थको वार्षिक माग करिब पाँच हजार मेट्रिक टन रहेको जनाइएको छ ।

 

नेपाली सेनाद्वारा बुधबार यहाँ आयोजित ‘नेपाली सेनाको उद्योगहरूबाट उत्पादित विस्फोटक पदार्थको वितरण सहजीकरण’ विषयक अन्तत्र्रिmयामा नेपाली सेना, रक्षा उत्पादन ९डिफेन्स प्रोडक्सन० विभागका महानिर्देशक अजितवरसिंह थापाले विस्फोटक पदार्थको माग वार्षिक पाँच हजार मेट्रिक टनभन्दा बढी भएको अवस्थामा सेनाले नयाँ प्लान्टको स्थापना गरी माग पूरा गर्ने बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।