यसपालि घुमौँ कर्णाली

सुुर्खेत, पुस १७  । कर्णाली प्रदेशमा सुुर्खेतमा रहेको प्रमुुख पर्यटकीय स्थल बुुलबुुलेबाट नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गरिएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रादेशिक पर्यटन प्रवद्र्धन समितिको आयोजनामा बुुलबुुले तालबाट भ्रमण वर्ष २०२० को सुरुवात गरिएको हो । कर्णाली प्रदेशका मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्नुभयो ।

 

कार्यक्रममा कर्णालीको संस्कृति झल्किने देउडा नाच, हुुड्के नाच, सिङ्गारु नाच, मयुुर नाच, थारू नाच, लोपोन्मुखलगायतका झाँक्री प्रदर्शन गरिएको थियो । कर्णाली प्रदेश सरकारले बुधबार आयोजित कार्यक्रममा विदेशी पर्यटकलाई स्वागत तथा सम्मान पनि गर्यो । प्रदेश सरकारले आफ्नै लोगोसमेत सार्वजनिक गरेको छ । प्रदेश सरकारले ‘यसपालि घुुमौँ कर्णाली’ नारा चयन गरेको छ ।

कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० मा एक लाख विदेशी पर्यटक र आन्तरिक चार लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । प्रदेश सरकारले भ्रमण वर्षलाई सफल गराउन बुुलबुले, रारा ताल, जुम्लाको सिन्जा, दैलेखको ज्वाला, सल्यानको कुुपिन्डे दह, रुकुुम पश्चिमको स्यार्पु ताल, चङ्खेली हिमाल, डोल्पाको शे–फोक्सुुन्डोलगायत ४० वटा पर्यटकीय गन्तव्य पहिचान गरेर प्रचारप्रसार गरेको छ ।

 

बुुलबुलेमा प्रमुुख पर्यटकीय स्थलको पोस्टरहरू पनि राखिएको थियो । कार्यक्रममा १३औँ दक्षिण एसियाली खेलकुुद प्रतियोगिता ९सार्क०मा विजेता भएका कर्णालीका खेलाडीलाई सम्मान गरिएको छ । सार्कमा स्वर्ण पदक विजेता सुुर्खेतका दीपक हमाललाई प्रदेश सरकारले तीन लाख रुपियाँसहित सम्मान गरेको छ ।

प्रदेश सरकारले रजत पदक प्राप्त सल्यानका पुुष्पा भण्डारीलाई दुुई लाख, सुुर्खेतका गीता राना, रुकुुम पश्चिम शारदा विकलाई दुई लाख र कांस्यपदक प्राप्त सुुर्खेतका टेकबहादुर सारु र दैलेखका चन्द्रकला थापालाई एक लाखसहित सम्मान गरेको छ ।गाेरखापत्रदैनिकमा खबर छ।