सीपी मैनाली सवार गाडी दुर्घटना,थप उपचारको लागि काठमाडौ ल्याउदै

काठमाडौं,फागुन १५। मालेका महासचिव सीपी मैनाली चढेकाे गाडी महाेत्तरीमा दुर्घटना भएको छ । 

 

बर्दिबासस्थित रातुको पुलमा भन्ने ठाउँमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले गाडी ठाेकिएर दुर्घटना भएको पुष्टि गरेको छ।

 

 मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएर दुर्घटना भएको हो । 

 

मैनालीको खुट्टा फ्याक्चर हुनुका साथै शरीरका विभिन्न स्थानमा चोट लागेको छ।  हाल बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेका छ। अब थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएकाे छ । मैनाली एक कार्यक्रमको लागि    बर्दिबास पुगेको बताइएको छ ।