युटुव हेरेरै उद्योमी बन्दै बाजुराका युवाहरू : यसरी गर्दै छन् चप्पल उत्पादन

बाजुरा ,फागुन १८ ।बाजुरा जिल्लाका जनता पछिल्लो समय ब्यबसायीक रुपमा फट्को मार्दै आएका छन्।त्यस्तै उद्योगको उद्घाटन गर्दै  सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले भने अब बाजुरा जिल्ला पनि आत्मनिरभरको बाटोमा अगाडी बढेको र अझै धेरै गर्न बाँकी रहेको पनि बताएका छन्, हामीले यसरी नै अगाडी बढने हो भने समृद्रि नजिकै रहेको पनि शाहले बताएका छन्।यस्ता उद्योग कलकारखाना संचालन गर्दै जानुहोस् हाम्रो तर्फबाट पनि हामी पूर्ण सयोग गर्ने छौ यो उद्योगको अब प्रगति भएको देखन पाउ संचालन गर्दै जानुहोस् मेरो शुभकामना छ।

 

  एक पछि अर्को बिकास गर्दै बाजुराका जनता  आफै आत्म निरभर हुने लक्ष्य लिएका छन्।बाजुरा मानव बिकास सुचाङको ७७ औ जिल्लामा  भए पनि पछिल्लो समय बिभिन्न नयाँ कामको थालनी हुदै गएको छ। बाजुरा जिल्ला एक पिछडीयको दुर्गम जिल्ला भनेर चिनीदै आएको थियो। 

 

अब त्यतिमै सिमित रहेको छैन् बाजुरामा बिभिन्न बिकास संगै ब्यबासयीक र औधगीक क्षेत्र भनेर चिनिदै आउन थालेको छ। त्यस्तै बडिमालिका नगरपालिका २ घागरमा सृष्टि पलाष्टिक चप्पल उद्योग संचालनमा आए सँगै अब बाजुरामा पनि विकासले गति लिएको महसुस हुदै आएको छ।

 

 धेरैलाई लाग्न सक्छ युटुव मनोरन्जनको साधन मात्र हो भनेर तर बाजुराका युवाले भने युटुमा हेरेर आफै चप्पल बनाउने बिधी सिकेर बाजुरामै चप्पल कारखाना संचालनमा गरेका छन्।उनीसंग इच्छा सक्ति भएर पनि लगानी गर्ने पैसा थिएन तर लगानी नभए पनि उनको इच्छा सक्ति भए पछि केही कसैले पनि रोक्न सक्दैन रहेछ भने उदारण देखिएको छ।    

चप्पलका लागि प्रयोग हुने रबर मात्र जिल्ला बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेको बताएका छन् ।बडिमालिका नगरपालिका वडा न २ का दुई जना महिलाले चप्पल कारखाना संचालनमा गर्दै आएका छन्। गरे के हुदैन भन्ने उदेस्यका साथ महिलाहरुले सो उद्योग संचालनमा ल्याएका छन।

 

अहिलेको प्रबिधिको सदुपयोग गर्ने हो भने इच्छा सक्ति भए पछि काम गर्न सकिदो रहेछ भन्ने उदाहरण महिलाहरूले बाजुरामा देखाएकी छन् । उनले युटुव चलाउदै जादा चप्पल बनाउने बिधीका बारेमा थाहा भयो पलास्टीक चप्पल आफु पनी बनाउन सक्छौ भनेर युटुवबाट मिलेको प्रेणाले हामीलाइ उत्साहित बनाएर हामी यो काम गर्न अग्रसर भएका छौ । एक युवा र दुइ महिलाहरुको संलग्नतामा चप्पल उद्योग संचालनमा आएको हो। एक दिनमा ५ सय जोडी भन्दा बढि चप्पल उत्पादन हुन सक्ने उनिहरूले बताएका छन्।

 

जिल्लामै पहिलो पटक युवाहरुले चप्पल उद्योग संचालनमा ल्याएपछी जिल्लाका धेरै जसो मान्छेहरूले यो सम्भव हुन्छर भनेर भन्थे हामी सगँ लगानी थिएन पछी सेभ द चिल्ड्रेनेको आर्थिक सहयोगमा पीसविन बाजुराद्धारा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको आयोजना तथा आर्थिक सहयोगमा आफुहरुलाई चप्पल बनाउने तालिममा पनी पठाए पछि अहिले गाउँमै उद्योग संचालन गरि करिव ७ लाख सम्मको लगानी गरि संचालनमा ल्याएको उनिहरूले बताएका छन्। 

 

 उक्त उद्योगले हाल दैनिक १ सय जोर भन्दा बढि चप्पल उत्पादन गर्दै आएको संचालकहरुले बताएका छन् । पीसविन बाजुराद्धारा सँचालित यूवा सशक्तिकरण बुलगारी परियोजनाले माद्यमिक तहका विद्यार्थीहरुको निरन्तरताका लागि विभिन्न क्रियाकलापहरु सँचालन गर्नुका साथै शिक्षकहरुको क्षमता अभिबृद्धि, १८ देखि २२ वर्ष सम्मका युवाहरुलाई लघु उद्यम तालिम र छोटो अवधिको सीप विकास तालिम प्रदान गर्नुका साथै जीवन उपयोगी तालिमहरु पनि सँचालन गर्दै आईरहेको  छ।

 

उनिहरुले व्यवसायिक योजना निर्माण गरि पीसविन बाजुरासँग चप्पल उद्योग सँचालनका लागि छलफल गरे दुवै जनाको सँयुक्त लगानी तथा सम्झौता बमोजिम सृष्टी चप्पल उद्योग नामको उद्योग दर्ता तथा कानूनी प्रक्रिया पुरा गरि बडीमालिका नगरपालिकाको घागरस्थित घर नजिकै चप्पल उद्योगको संचालन गरेका छन्।

 

धेरै लाई लाग्न सक्छ युटुवले जिवन परिर्वतन कसरी गर्न सक्छ भनेर बाजुरा जिल्लामा त्यही युटुबले उद्योग संचालन गर्ने प्ररणा मिलेको छ।      मान्छे संँग इच्छा सक्ति मात्र भए के हुदैन रहे छ भने उदारण अहिले हाम्रै अगाडी देखिएको छ, न  आर्थिकले छेक्दो रहेछ न अरू केहीले भन्ने उदाहरण यही हो।