भोलि सार्वजनिक बिदा (सूचनासहित)

 धनगढी ,चैत, ३।  सुदूरपश्चिम प्रदेशले चैत्र ४ गते (भोलि) दुई जिल्लामा सार्वजनिक बिदा दिएने निर्णय गरेको छ ।राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहरा परेकाले कैलाली र कञ्चनपुरमा मंगलवार सार्वजनिक बिदा हुने सुदूरपश्चिम प्रदेशको आन्तरिक मामला तथा कानून मन्त्रालयले  सुचनासहित जानकारी दिएको छ ।

 

प्रदेश सरकारको आन्तरिक मामिला ताथ कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रसाद जोशीले हस्ताक्षर गरेको उक्त सूचनामा कैलाली र कञ्चनपुर जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरु एवम सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेको जनाइएको छ ।

हेर्नुहोस सूचना