सामान्य विवाद हुँदा: खुकुरी प्रहारबाट २३ वर्षीय फुटबल खेलाडी डाँगीको हत्या

दाङ,चैत  ३। खुकुरी प्रहारबाट गाउँपालिका अध्यक्षका छोराको हत्या भएको छ ।सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोराको खुकुरी प्रहार गरी सोमबार हत्या गरिएको हो ।

 

दाङको तुलसीपुर उपमहानगरपालिका ५ निवासी २३ वर्षीय हिरा डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमबार बिहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

 

 तुलसीपुरका अमृत खडकालगायत ४-५ जना युवाको समूहले डाँगीमाथि सामान्य विवादमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।

 

उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइते डाँगीको तुलसीपुरमा प्रारम्भिक उपचारपछि राती नै थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो ।

 

नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत उनलाई उपचारका लागि काठमाडौ पुर्‍याइएको थियो ।काठमाडौंमा उपचारका क्रममै मु’त्यु भएको प्रहरीले बताए।

 

फुटबल खेलाडी तथा नेविसंघका नेता समेत रहेका डाँगी किन राती त्यहाँ पुगेका थिए र किन उनीमाथि खुकुरी प्रहार भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।खुकुरी प्रहार गर्ने युवाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।