इन्धनको मूल्य घट्यो,राती १२ बजेदेखि लागु हुने

काठमाडौं, चैत ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ मूल्य घटेको छ ।

 

मुल्यघटेसँगै उपत्यकामा पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँमा पाइनेछ।

यसैगरी निगमले आन्तरिक हवाई इन्धनतर्फ पनि प्रतिलिटर चार रुपैयाँ ५० पैसा मूल्य घटाएको छ । समायोजनपछि आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९० कायम भएको छ । खाना पकाउने एलपी ग्यास र बाह्य उडानतर्फको हवाई इन्धनको मूल्य भने यथावत छ ।

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ।