सरकारले बैशाख ३ सम्म लकडाउन थप्ने निर्णय

काठमाडौं,चैत्र २४।सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले यसअघि १० चैतदेखि १८ चैतसम्म लकडाउन घोषणा गरेको थियो । त्यसलाई फेरि बढाएर २५ चैतसम्म पुर्‍याइएको थियो ।

एकसाता पुन लकडाउन,थप्ने उच्चस्तरीय समितिको निर्णय

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। आज  सोमबार दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरिनेछ।

कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो।

 

दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो। संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सर्वसाधारणले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेका छन्। आज बस्ने मन्त्रीपरिषद्‌ बैठकबाटै नेपाल राष्ट्र बै‌ंकका लागि गभर्नर नियुक्ति हुनसक्ने सम्भावना रहेको स्रोतले जानकारी दियो।