आज मिति २०७६साल चैत्र २५ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष-ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक कार्यको योजना बन्नेछ । भूमिबाट लाभ रहला ।

 

बृष-महत्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक कार्यमा मन जानेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लक्ष्मी प्रसन्न हुने योगछ ।

 

मिथुन-सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ ।

 

कर्कट-एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनसक्छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

 

सिंह-शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको काम ढिलो हुनेछ ।

 

कन्या-आज समाजसेवामा मन लाग्नेछ । नयाँ कामको योजना बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

 

तुला-आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

 

बृश्चिक-धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

 

धनु-रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

 

मकर-आज मनपरेको खनेकुरा खान पाईनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलतापनि सफलता मिल्न सक्छ ।

 

कुम्भ-आज स्वास्थ्यमा प्रति सजक रहनु पर्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

 

मीन-आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचिपनि बढ्नेछ ।