दुइ किशाेरी माथि जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

तेह्रथुम, चैत २७ । तेह्रथुममा दुइ किशाेरी माथि बलात्कार प्रयास भएकाे छ।  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खाेजेकाे तथा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खाेज्नेकाे अभियोगमा फेदाप गाउँपालिका-१ पोक्लावाङ बस्ने ४१ वर्षीय काली बहादुर लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

सोही ठाउँ बस्ने १७ वर्षीया किशोरीलाई गत शुक्रबार राति जबरजस्ती करणी तथा १३ वर्षीया किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।