विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २ लाख २७ हजार नाघ्यो,विश्वभर संक्रमित ३१ लाख ९० हजार

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या बढेर २ लाख २७ हजार नाघेको छ ।

यो खबर तयार पार्दा सम्म कोरोनाले विश्वमा २ लाख २७ हजार २ सय बढी मानिसको मृत्यु भएको छ । साथै ३१ लाख ९० हजार भन्दा बढी संक्रमित भएका छन् । करीब १० लाख मानिस निको भएर घर फर्किएका छन् ।

कोरोनाको केन्द्र बनेको अमेरीकामा मृत्यु हुनेको कुल संख्या ६१ नजिक पुगेको छ । अमेरीकामा एकै दिन २४ सय बढी मानिसको मृत्यु भएको छ । त्यहाँ संक्रमित १० लाख ३७ हजार ५ सय २६ पुगेको छ ।

त्यस्तै ।ईटालीमा मृत्यु हुनेको संख्या २७ हजार ६ सय ८२ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २ लाख ३ हजार ५ सय ९१ पुगेको छ ।

स्पेनमा मृतकको संख्या २४ हजार २ सय ७५ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३६ हजार ८ सय ९९ भएको छ ।
त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या २६ हजार १ सय ६६ पुगेको छ । संक्रमित एक लाख ६६ हजार हजार ४ सय ४१ पुगेको छ ।

फ्रान्समा कुल मृतकको संख्या २४ हजार १ सय २१ भएको छ भने करीब १ लाख ६६ हजार बढी संक्रमित रहेका छन् ।
जर्मननीमा मृतकको संख्या ६ हजार ४ सय ५ पुगेको छ भने संक्रमित एक लाख ६१ हजार १ सय ९७ पुगेको छ ।

यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख १७ हजार ५ सय ८९ पुगेको छ भने ३ हजार ८१ जनाको मृत्यु भएको छ ।
ईरानमा मृतकको संख्या ५ हजार ९ सय ५७ पुगेको छ भने संक्रमित ९३ हजार ६ सय ५७ पुगेको छ ।

रुसमा संक्रमितको संख्या एक लाख नजिक पुगेको छ भने ९ सय ७२ जनाको मृत्यु भएको छ ।ब्राजिलमा मृतकको संख्या ५ हजार ५ सय ७ भएकोे छ भने संक्रमित ७८ हजार १ सय पुगेको छ ।

बेल्जियममा मृतकको संख्या सात हजार ५ सय १ भएको छ भने ४७ हजार ८ सय ५९ संक्रमित भएका छन् ।क्यानडामा मृतकको संख्या तीन हजार एक सय ५२ पुगेको छ भने संक्रमित ५२ हजार ८ सय ३१ पुगेको छ ।

साउदी अरबमा संक्रमितको संख्या २१ हजार ४ सय २ पुगेको छ भने १ सय ५७ जनाको मृत्यु भएको छ ।
कतारमा १२ हजार ५ सय ६४ संक्रमित छन् भने १० जनाको मृत्यु भएको छ ।

मलेशियामा ५ हजार ९ सय ४५ जना संक्रमित भएका छन् भने एक सय जनाको मृत्यु भएको छ ।सयुक्त अरब ईमिरेट्स युएईमा ११ हजार ९ सय २९ संक्रमित छन् भने ९८ जनाको मृत्यु भएको छ ।

बहराईनमा २९ सय २१ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।यसै गरी छिमेकी भारतमा ३३ हजार ६२ जना संक्रमित पुगेको छ भने एक हजार ७९ जनाको मृत्यु भएको छ ।

यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर १५ हजार ५ सय २५ पुगेको छ भने मृतकको संख्या ३ सय ४३ पुगेको छ ।