चन्द नेकपाका केन्द्रीय सदस्य पक्राउ

वीरेन्द्रनगर,बैशाख १९ । प्रहरीले नेत्रविक्रम चन्द नेकपाका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई घरबाटै पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना पाएपछि वीरेन्द्रनगर–४ स्थित घरबाट सुनारलाई पक्राउ गरिएको जानकारी दिए ।

 

प्रहरीका अनुसार सुनारमाथि दुई महिनाअघि पश्चिम सुर्खेतमा प्रहरीसँग आक्रमण तथा जबरजस्ती चन्दा असुलीमा संलग्न रहेको लगायतका आरोप छन् । सुनार सो समूहका पूर्वजिल्ला इञ्चार्जसमेत रहेको बताइएको छ।रासस