काठमाडौं,भक्तपुर र पर्सामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २१७ पग्यो

काठमाडौं,वैशाख,३०।कोरोना भाइरस (कोभिड१९ ) को संक्रमण काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा पुष्टि भएको छ । एकैदिन ८३ जना संक्रमित थपिए अब संक्रमितकाे संख्या २१७ पग्याे।

 

मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको जनाएकाे छ ।

 

यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।