नेपालमा कोरोना संक्रमित ह्वात्तै बढ्नुको कारण के हो ?

काठमाडौँ, बैशाख ३० । मंगलबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ रहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिनमा ८३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा एकैदिनमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो ।

 

आजै काठमाडौंमा १ र भक्तपुरमा २ जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै सोमबारमात्रै संक्रमित हुनेको संख्या एकैदिनमा २४ जना थपिएको थियो ।

 

सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न चैत ११ गतेदेखि चैत १८ गतेसम्म पहिलोपटक देशभरी लकडाउन गरेको थियो । त्यसपछि लकडाउनलाई चैत २५ गतेसम्म र फेरि वैशाख ३ सम्म सरकारले लम्ब्याएको थियो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले छैटौँ पटक लकडाउन थपिसकेको छ । थपिएको लकडाउन जेठ ५ गतेसम्म रहेको छ । संक्रमितको अवस्था हेर्दा फेरि पनि लकडाउन बढ्नसक्ने निश्चित प्राय देखिन्छ ।

 

विज्ञहरुका अनुसार भारतसँग खुला सिमाना हुनु र त्यहाँबाट लुकीछिपी यात्रुको आवागमनले संक्रमितको सख्यां बढिरहेको देखिन्छ ।

संक्रमित अधिकांश सीमावर्ती क्षेत्रका

तथ्यांक हेर्दा संक्रमित अधिकांश सीमावर्ती क्षेत्रका र भारतबाट आएकाहरु रहेका छन् ।
सबैभन्दा धेरै पर्सा जिल्लामा ८२ जना संक्रमित रहेका छन् भने उदयपुरमा ३२ तथा कपिलवस्तुमा २९ जना कोरोना संक्रमित रहेका छन् । त्यसैगरी बाँकेमा २४ जना र रुपन्देहीमा १६ जना संक्रमित देखिएका छन् । सरकारले यी जिल्लाहरुलाई कोरोनाको हटस्पटको रुपमा तोकेको छ ।

 

माघ १० गते नेपालमा पहिलोपटक चीनबाट आएका एक युवकमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि दोस्रो संक्रमण २ महिनापछि अर्थात चैत १० गते फ्रान्सबाट आएकी युवतीमा कोरोना पुष्टि भएको थियो । पहिलो संक्रमित देखिएको चार महिनाको अवधिमा झण्डै नेपालमा झण्डै २ सय जना कोरोना संक्रमित देखिएका छन् ।

 

जनस्वास्थ्य विज्ञ डा। शरद वन्तका अनुसार संक्रमित देखिएका केसहरु आयातित नै हुन् । उनका अनुसार भारतमा बढ्दो संक्रमणले त्यहाँबाट आउने नेपालीमा नै अहिले संक्रमण देखिएको हो ।

 

डा। वन्त भन्छन्, ‘यो संक्रमण अझै बढ्नसक्ने सम्भावना छ । अहिलेको मुख्य सावधानी भनेको ती आयातित केसहरुले स्थानीय तहमा संक्रमण नफैलाउन् भनेर सजगता नै हो । भारतबाट आउने नेपालीहरुलाई व्यवस्थापन नै नगरकिन घर पठाउने हो भने अवस्था डरलाग्दो हुनसक्छ ।

 

भारतबाट आएका नेपालीहरुलाई सुरक्षित तथा व्यवस्थित क्वारेन्टिनको व्यवस्था, विस्तारित रुपमा परीक्षण तथा आइसोलेसनको शैय्या बढाउने कुरामा ध्यान दिन जरुरी देखिएको उनको सुझाव थियो ।

 

त्यसैगरी इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा। बाबुराम मरासिनीका अनुसार भने केही दिनअघि देखिएका किट अभावका समस्याले रोकिएका परीक्षण फेरि सुचारु भएकाले एकैपटक धेरै संक्रमित देखिएको हो ।

 

‘२ –३ दिनमा नै त यसरी केस नबढ्नुपर्ने हो, दुई दिनमै यति धेरै संक्रमण फैलिएको सायद होइन । टेस्ट रोकिएर धेरै देखिएको हुनसक्छ,’ उनले भने ।

 

यस्तै उनले सीमा पारीबाट घर फर्किन चाहिरहेका नेपालीहरुलाई आउन दिनुपर्ने तर्क राखे । ‘सीमा पारी भारतमा अव्यवस्थित क्वारेन्टिनमा धेरैजना कोचिएर बस्दा झन् संक्रमित हुने र यहाा पनि फैलिने डर हुन्छ,’ उनले भने, ‘वैध बाटो बन्द गरिदिएपछि मान्छे घर फर्किनको लागि अवैध बाटो रोज्छ । अनी झन् ट्रेस गर्न गाह्रो हुन्छ । सरकारले वैध बाटो खुला गरिदिनुपर्छ ।

 

सीमापारी अलपत्र परेका नेपालीहरुलाई ल्याएर यहाा व्यवस्थित क्वारेन्टिनमा राखेर सही समयमा परीक्षण गर्नु नै अहिलेका लागि उपयुक्त हुने उनले दाबी गरे ।

परीक्षण र पुल टेस्टिङ

मंगलबारसम्म नेपालमा आरडिटी विधिबाट ५९ हजार ६ सय २७ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १८ हजार ९ सय ६४ परीक्षणहरु भएको मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले परीक्षणको दायरा बढाउन पुल टेस्टिङ गर्ने व्यवस्था मिलाएको बताएको थियो ।

 

पुल टेस्टमा हरेक व्यक्तिबाट लिइएको स्वाब नमुना छुट्टाछुट्टै नभई समूह ९पुल० बनाएर एकैचोटि परीक्षण गरिन्छ । डा। बाबुरामका अनुसार थोरै संक्रमित भएको खण्डमा यो विधि सहयोगी हुन्छ । तर, धेरै संक्रमित धेरै बढे भने यो विधि आवश्यक छैन ।

 

‘१० जनाको स्याम्पल एकै ठाउामा घोलेर परीक्षण गरिन्छ । यो मिक्स भेजिटेबल बनाए जस्तो हो । नेगेटिभ आयो भने सबैको नेगेटिभ एउटाको पोजिटिभ आयो भने सबैको अलग अलग टेस्ट गर्नुपर्ने हुन्छ,’ उनले भने ।

 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागसम्बद्ध डा। वसुधा खनाल र डा। नारायणराज भट्टराईका अुनसार संक्रमणको उच्च जोखिमपूर्ण स्थानमा कन्ट्याक्ट–ट्रेसिङ तथा भिडभाडमा गएका मानिस पहिचान गरी परीक्षण गर्न सक्नुपर्छ । सक्दो चाँडो बिरामीको पहिचान, आइसोलेसन, क्वारेन्टिन, उपचार सबैका निम्ति सीमित समयावधिभित्र हुने भाइरसको कुशल परीक्षण अहिलेको अपरिहार्य आवश्यकता हो ।

 

महिनादिनभन्दा बढी लम्बिइसकेको लकडाउन खुकुलो बनाउादा एकातिर रोग फैलिन सक्ने जोखिम बढेर गएको देखिन्छ । अर्कोतर्फ सीमित स्रोत–साधन भएका प्रयोगशालामा सक्दो धेरै परीक्षण गर्न केही ठोस कदम अघि बढाउनुपर्ने आवश्यकता छ ।कान्तिपुर दैनिकमा खबर छ।