बाँकेमा दुर्घटना: १२ को मृत्यु, २१ गम्भिर घाइते

बाँके,जेठ १९।पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेबाट सल्यान जान लागेको एउटा बस राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।

 

भारतबाट मजदुरी गरेर सल्यान जान लागेकाहरु दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

 

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो।